Mero, Timro ani Hamro Tanahun--- hamrotanahun.com.np, Complete information & News about Tanahun, Nepal
 

[Home]  [About us]  [Contact us]  .

  + स्वास्थ्यकर्मी कुटपिट विरोधमा गोरखा सबै स्वास्थ्यसंस्था बन्द, + स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम , + अपाङ्गले भत्ता पाएनन्, + शिक्षकलाई तलव खुवाउन भैलो, + अबको समय संविधान निर्माणमा खर्चिनु पर्ने-मन्त्री गुरुङ,
  + डाँडाघरले वाइनले इजाजत पायो , + सवारी साधन चोरी हुनेक्रम बढ्दो , + वनपैदावार सङ्ग्रहालयको उद्घाटन, + साङ्ग्रिला विकास बैङ्कको नयाँ शाखामा कर्मचारी सबै महिला, + धर्मशिला विद्वत्वृत्ति भिक्षु मैत्री महास्थविरलाई,

३३ औं खजेदुरा स्मृति दिवसको अवसरमा लमजुङको दुराडाँडा गाउँ विकास समिति स्थित च्यानपाटामा स्थानिय खजेदुरा स्टार युवा क्लवले आयोजना गरेको जिल्ला स्थरिय फुटवल प्रतियोगिताको उपाधि आयोजक क्लबले जितेको छ ।

हैरान्स क्लव तनहुँको आयोजनामा भईरहेको हैरान्स कप नकआउट प्रतियोगितामा बिहीबार भएको दोस्रो चरणका खेलमा डुम्रे साँस्कृतिक युवा परिवार सामना युवा क्लव र माछापुच्छे्र युवा क्लव विजयी भएका छन्।

हैरान्स क्लव तनहुँको आयोजनामा भईरहेको हैरान्स कप नकआउट प्रतियोगितामा वुधवार विहान भएको खेलमा मनहरी विजयी भएको छ। दमौलीको खुलामैदानमा भएको सो खेलमा मनहरीले देउराली युवा क्लवलाई ६-४ को अन्तरले पराजित गरेको थियो । उक्त खेलसँगै पहिलो चरणमा खेल सकिएको आयोजकले जनाएको छ ।

बेसीसहर, कार्तिक १ गते ।
  लमजुङको ताघ्रिङ गाउँ विकास समितिमा आयोजित पुरुष तथा महिला फूटवल प्रतियोगिताको  दुबैतर्फो  उपाधि मर्स्याङ्दी युवा क्लब घेर्मूले हातपारेको छ ।

इङ्लिस फुटबल स्टार भएपछि पैसा र चर्चा एकैसाथ पाइन्छ । त्यसपछि हलिउड स्टार वा मोडलिङमा चर्चित 'सेक्सी' पनि नजिकिन थालिहाल्छन् । भविष्यमा विवाह होस् वा नहोस् केही समयका लागि पक्का प्रेमिका । मोडलिङ वा चलचित्रकी स्टार नभए पनि चर्चित फुटबलरसँगको सम्बन्धले 'प्रेमिका'ले चर्चित हुने मौका पाइहाल्छन् । प्रसंग हो इंग्ल्यान्डका 'फुच्चे स्टार' थियो वाल्कट र उनकी प्रेमिका मेलानी स्लाडेको । पछिल्लो समय सो जोडीको चर्चा शिखरमा पुगेको छ । विश्वकप छनोट चरणको खेलअन्तर्गत गत महिना क्रोएसियामाथि इंग्ल्यान्डले ४-१ गोल-अन्तरको जित हासिल गर्दा १९ वषर्ीय वाल्कटले ह्याटि्रक गरेका थिए । उनको त्यो चर्चा सेलाउन नपाउँदै प्रेमिका मेलानीले पनि अर्धनग्न तस्बिर खिचाएर चर्चा बटुलेकी छिन् ।

हिन्दुहरुको महान चाड बडा दशै तथा मुस्लिमहरुको महान पर्व ईद उल फित्रको पावन अवसरमा तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू खेलकुद समिति दोहा
कतारको आयोजनामा खेलकुद मेला २००८ भव्यताका साथ सम्पन्न भएको छ ।
ईदको पहिलो दिन तदनुसार सेप्टेम्बर ३० तारिखबाट शुरु भएको मेला अक्टुबर ३
तारिखका दिन सम्पन्न भएको थियो । सो मेलामा सामुहिक तर्फ भलिवल र डोरी
तान्ने तथा एकल तर्फ छेलो फाल्ने र घैटो फुटाउने गरी चार खेलहरु समावेश
गरिएको थियो ।

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा आगामी कात्तिक १७ देखि २३ गतेसम्म ुएपिएफ खुल्ला लन टेनिस प्रतियोगिता हुने भएको छ । सशस्त्र प्रहरी बलले पहिलोपटक आयोजना गर्न लागेको यस प्रतियोगिताका सम्पूर्ण खेलहरु सशस्त्र प्रहरी बल प्रधान कार्यालय परिसरस्थित नेपाल एपिएफ क्लबको लन टेनिस कोर्टमा हुने आज यहाँ पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपालको राष्ट्रिय फुटबल टिमले २५ वर्षपछि मलेसियामा आयोजना हुने प्रतिष्ठित फुटबल प्रतियोगिता मर्डेका कपमा सहभागिता जनाउनेभएको छ । नेपालले पछिल्लोपटक सन् १९८३ मा यस प्रतियोगितामा भाग लिएको थियो ।

नेपालयको आयोजना एवं एनआरटीको व्यवस्थापनमा आऔं खेलौं भन्ने नाराका शुरु भएको एनआरटी फुटवल टुर गोरखा पुगेर शनिवार समापन भएको छ । राष्ट्रिय स्तरका पेशागत फुटवल खेलाडीहरु सहभागी एनआरटी टिम र स्थानीयस्तरका टिम बीच मैत्रीपूर्ण खेल खेल्दै जनपुरबाट शुरु भएको एनआरटी टुर गोरखा पुगेर टुङ्गिएको हो । यसअघि काकरभिट्टा इटहरी कावासोतीमहेन्द्रनगर नेपालगन्ज वाग्लुङ हुदै अन्त्यमा गोरखा एनआरटी मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको हो ।

Support

Category

Local News

National News

Sport News

Events

Destination Tanahun

Music

Fashion & Glamour

Newspaper

 - Bhangyang Daily

 -Lokbani Weekly

Photo gallery

बाँकी समाचारहरु

खजेदुरा र छापस्वाँरा क्लब विजयी

विहिवारको खेलमा डुम्रे सामना र माछापुच्छे् विजयी

वुधवारको खेलमा मनहरी, हैरान्स र व्यास युथ विजयी

पुरुष तथा महिलाफूटवलको उपाधि घर्ेर्मूलाई

हट लाभस्टोरी

कतारमा खेलकुद मेला २००८ सम्पन्न

एपिएफ खुल्ला लन टेनिस प्रतियोगिता हुने

२५ वर्षपछि नेपालले मर्डेका कप खेल्ने

एनआरटी फुटवल टुर सम्पन्न

Advertisement
Advertisement





Copyright Notice Here

Custom Search

Copyright © 2008 Hamro Tanahun. All Rights Reserved. 

D&P HR, Hosted/Powered by BENIONLINE