ग्रामिण पर्यटनका लागि प्रमुख तीन आधारहरु ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक क्षेत्र समेटिएको रिसिङ तनहुँ जिल्लाको दक्षिण पश्चिम भेगमा अवस्थित छ । पोखराबाट करिव २७ कि.मि. पर्वमा पृथ्वी राजमार्ग स्थित खैरेनीटार बजारबाट दक्षिण तर्फझण्डै २५ कि.मि. -भीमादसम्म कालोपत्रे त्यसपछि ग्रामिण धुले सडक) भीमाद हुँदै रिसिङ पुग्न सकिन्छ । रिसिङको ऐतिहासिक गढीडाँडा समुन्द्र सतहबाट ११२० मि. उचाईमा रहेको छ । बाईसे चौविसे शासन काल भन्दा पहिला यहाँ मगर राजाहरुले राज्य गरेको पाईन्छ । पाल्पेली सेन वंशी राजाहरु आई राज्य सञ्चालन गर्न थाले पछि ती मगर राजाहरु विस्थापित भएका थिए । त्यहि राज्य पनि पछि तनहुँ राज्यमा गाभिन पुगेको इतिहास साछी छ । दरवारको भग्नावशेष, रानीपोखरी, कोत तथा भण्डारहरु, सीमा निर्धारण गर्ने ढुङ्गाको स्तम्भ आदि यहाँको ऐतिहासिक सम्पदाहरु हुन् ।
रिसिङ डाँडाको उत्तर तर्फशुक्ला गण्डकी -सेती) र दक्षिण तर्फकाली गण्डकी वग्दछ । यहाँ साक्षात् अजम्वरी माईको मन्दिर रहेको छ जसको दर्शनबाट मनोकांक्षा पुरा हुने जनविश्वास छ । नजिकै एउटा कुवा छ, कुवामा दर्ुइ मूलको पानी मिसिएको छ । जनश्रुति अनुसार श्रृङ्गा श्रृषिको तपस्याबाट पानी निस्किएको र ती दर्ुइ मूल मध्ये एउटा काली र अर्को सेती गण्डकीको मुल वन्न गएको भनाई पनि छ ।
सांस्कृतिक सम्पदाको धनी तथा हिमाली श्रृङ्गखलाको -धवलागिरी, माछापुच्छ्रे र अन्नपर्ूण्ा) मनोरम दृष्य अवलोकन गर्न सकिने रिसिङ डाँडाबाट कोटदरवार र काहुँशिवपुरका विभिन्न मगर एवं गुरुङ्ग गाउँहरुमा चुट्का तथा स्थानीय खानाका परिकारहरुमा रम्दै दर्ुइ दिने पदयात्रा कार्यक्रम अनुसार दमौली आई थकाई मार्न पनि सकिन्छ ।



