Mero, Timro ani Hamro Tanahun--- hamrotanahun.com.np, Complete information & News about Tanahun, Nepal
 

[Home]  [About us]  [Contact us]  .

  + सिद्धगुफा जाने वैकल्पिक मोटरमार्गको निर्माण सुरु , + अर्न्तर्राष्ट्रिय अपाङ्गता दिवस सम्पन्न, + अखिल क्रान्तिकारीद्वारा क्याम्पसमा तालाबन्दी, + पत्रकार हत्याको विरोध, + दुर्घटनामा एकको मृत्यु,
  + इन्धन मूल्य फेरी घट्यो, + विधान विपरित कारबाही गरियो- पिडित कर्मचारी, + समितिमा बस्न अस्वीकार, + संविधानसभाको उपाध्यक्ष पदमा महिला उम्मेदवार , + दुइ किशोको हत्याको विरोधमा राजधानी तनावग्रस्त,

नेपाल आयल निगमले इन्धन मूल्यमा समायोजन गरेको छ । आयल निगम संचालक समितिको आज वसेको बैठकले मट्टीतेल पेट्रोल र डिजलमा प्रति लिटर पाँच/पाँच रुपैया घटाएको छ । त्यसैगरी आन्तरिक हवाई उडानको लागि पनि प्रतिलिटर पाँच रुपैया घटाएको छ ।

संस्थामा लाखौं आर्थिक अनिमियतता गरेको भनी कारबाहीमा परेका लमजुङ बिद्युत उपभोक्ता संस्थाका कर्मचारीद्वय कपिल घिमिरे र रामकृष्ण वरालले आफँुहरु निर्दोष भएको दावी गर्दै समितिले पूवाग्रह राखेर विधान विपरित कारबाही गरेको आरोप लगाएका छन् । सोमबार बेसीसहरमा एक पत्रकार सम्मेलनको आयोजना गरी घिमिरे र वरालले सो कुरा बताएका हुन । पत्रकार सम्मेलनमा घिमिरेले संस्थाको कर्मचारी विनियममा कुनै कर्मचारीले गल्ती गरेमा पद घटाउन सक्ने कुनै नियम नै नभएको बताए । उनले भनेे- विनियममा सामान्य सजाय स्वरुप चेतावनी, नसियत, तलव नबढाउने र वढुवा रोक्का राख्ने सम्म प्रावधान रहेको र विषेश सजाय स्वरुप पुनः सेवामा अयोग्य नठहरीने गरी बर्खास्त गर्ने र सदाका लागि अयोग्य ठहरीने गरि जागिरबाट हटाउन सक्ने ब्यवस्था छ ।"

लमजुङ, १२ मङ्सिर । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले आफूलाई थाहै नदिई स्थानीय पत्रपत्रिका पर््रवर्द्धन समितिमा मनोनयन गरेकोमा अपत्ती जनाउँदै लमजुङ आवाजका सम्पादक तथा प्रकाशक मिलन शर्मा दनाईले उक्त पदमा बस्न अस्वीकार गरेका छन् ।

संविधानसभाको उपाध्यक्ष पदमा पाँच जना महिला उम्मेदवारले उम्मेदवारी दिएपछि महिला सभासद्हरु सुखी भएका छन् । संविधानसभाको उपाध्यक्ष पदमा महिला उम्मेदवारी उठाउन महिला सभासद्हरुले यसअघि अभियान थालेका थिए ।

राजधानीको ताहाचलका दुइ किशोरको हत्याको विरोध गर्नुका साथै र्सार्वजनिक यातायातका साधनमा भाडादर तत्काल समायोजन गर्न माग गर्दै विद्यार्थीले गरेको चक्काजामका कारण राजधानीका विभिन्न स्थानमा आज बिहानैदेखि तनाव सिर्जना भएको छ ।

हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङले आफ्नो उपाध्यक्ष रमेशकुमार पियाको स्मृतिमा स्थापना गरेको पिया स्मृति पुरस्कार गुरुङ भाषाका अन्वेशक,ब्याख्याता, संकृतिकर्मी, जोतिषविद्या एवं साहित्यकार इन्द्रबहादुर गुरुङलाई प्रदान गरेको छ ।

पोखरा उपमहानगरपालिका रङ्गशालापछाडिको सेती नदीको खोंचमा खसेका १३ वर्षिय बालक सुविन गुरुङको सकुशल उद्धार गरिएको छ ।

भारतमा तयार गरी नेपाली बजारमा बेच्न ल्याइएको ठूलो परिमाणको मह हिजो चितवनबाट बरामद भएको छ । चिनी र गिलसिरिन प्रयोग गरी तयार पारिएको करिब ६ क्वीन्टल नक्कली मह पुर्वी चितवनको भानुचोकबाट चितवन प्रहरी र नेपाल मौरीपालक महासङ्घको सक्रियतामा बरामद भएको हो ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आहृवानमा नेपाल पत्रकार महासङ्घ स्याङ्जा शाखाको आयोजनामा 'लोकतन्त्रको आधारः स्वतन्त्र र सुरक्षित पत्रकार' भन्ने नाराका साथ संविधान निर्माणमा सञ्चारकर्मीको भूमिका विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्याङ्जाको विकट गाविस सेखाम- ३ जलविरे घर भएका दलबहादुर सार्कीको घरमा आगलागी हुदा घरगोठ जलेर नष्ट भएको छ । घरगोठ जलेर नष्ट भएपछि सार्की परिवारको विचल्ली भएको छ ।

स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङस्थित वालिङ खेलमैदानमा हुने दोस्रो वालिङ महोत्सव आगामी माघ १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा यही मङ्सिर १२ देखि २२ गतेसम्म यहाँ हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको सम्पुण्ा तयारी पूरा भइसकेको छ । सङ्घद्वारा हिजो यहाँ आयोजित पत्रकार सम्मेलनमा सो मेलामा मेचीदेखि महाकालीसम्मका साथै छिमेकी मुलुकका उत्पादन, सूचना प्रविधि, अटो उत्पादन, दैनिक उपभोग्य वस्तु, कृषि उत्पादन, हस्तकला, पुष्प पुरदर्शनी एवम् रेष्टुरेन्ट एवम् वित्तीय संस्थाहरूको सेवालगायतका ३०२ वटा स्टल बुकिङ भइसकेको जानकारी गराइयो ।

कृषि व्यवसाय प्रवर्द्धन तथा बजार विकास निर्देशनालय कृषि बजार तथा कृषि बजार व्यवस्थापन क्षमता अभिवृद्धि आयोजनाद्वारा आयोजित तीनदिने कृषि बजार योजना तथा व्यवस्थापन तालिम यहाँ सुरु भयो । सो तालिममा पश्चिमाञ्चलका मनाङ र मुस्ताङबाहेक १४ जिल्लाका कृषि योजना अधिकृत, कृषिउपज केन्द्र र कृषक समूहका प्रतिनिधि गरी ३७ जनाको सहभागिता रहेको छ ।

भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले कोसी तटबन्ध मर्मतसम्भार कार्य आगामी मार्चभित्र सम्पन्न गरिने बताउनुभएको छ । परराष्ट्रमन्त्री उपेन्द्र यादवसँग आज उहाँकै कार्यकक्ष शीतलनिवासमा भएको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै विदेशमन्त्री मुखर्जीले सोही समयभित्र कोसी बाढीबाट क्षत्रि्रस्त सडकखण्डको मर्मतसम्भार, नेपालको पूर्वपश्चिम रेलमार्ग सञ्चालनका लागि प्रारम्भिक चरणको अध्ययन थालनी र क्षत्रि्रस्त कोसी राजमार्गको मर्मतसम्भार गरी यातायात सुचारु गरिने छ भन्नुभयो ।

लमजुङ सदरमुकाम बेसीशहरको शेराबजारस्थित दर्ुइवटा पसलबाट २ लाख भन्दा बढीको चोरी भएको छ । शेराबजारस्थित विजय शु सेण्टर एण्ड फेन्सी स्टोर्सबाट गएराती अज्ञात चोरले २ लाख रुपैयाँ चोरी गरेको छ । पसलमा राखिएको रकम चोरी भएको प्रोपाइटर विजय घिमिरेले विहान पसल खोलेपछि मात्र थाहा पाउनुभएको थियो ।

धादिङ जिल्लाको दक्षिणी भेगमा पर्ने महादेवस्थान गाविसको वडा नं.१ मार्सखर्क गाउँको चेपाङबस्तीमा खानेपानीको विकराल समस्या छ । गाउँमा रहेको खानेपानी समस्या समाधानका लागि पाँच वर्षघि शान्ति गृह पुल्चोकको सहयोगमा मोहोरिया सेल्फ हेल्प ग्रुप संस्थाले निर्माण गरिदिएको सौर्य ऊर्जा लिफ्टिङ खानेपानी योजना चार महिनाअघि चटयाङमा परेर बिग्रिएपछि मार्सखर्क गाउँमा खानेपानीको समस्या भएको हो ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा यही मङ्सिर २२ गतेदेखि दैनिक पूजा सञ्चालन हुने भएको छ । नेपाल एकीकरणको केन्द्रविन्दु रहेको गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा विगत करिव २५० वर्षेखि प्रत्येक अष्टमी तिथिका दिन मात्र पूजा हुने प्रचलन थियो ।

मुलुकको जनसङ्ख्याको एक तिहाइ सङ्ख्या ओगटेको युवा वर्गलाई राष्ट्र निर्माणको मूलधारमा समाहित गर्ने खालको प्रभावकारी युवानीति तत्काल निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागद्वारा आजदेखि यहाँ सुरुभएको युवासम्बन्धी पाँचदिने राष्ट्रिय कार्यशालाका सहभागीहरूले स्पष्ट नीतिको अभावमा देशका समग्र युवालाई सिर्जनात्मक काममा लगाउन नसकिएको र जसका कारण ३० लाखभन्दा बढी युवा विदेसिनुपरेको बताए ।

हिमाल पारिको जिल्ला मनाङ जोडने एकमात्र बेसीशहर-चामे सडकको निर्माणकार्य पुनः अबरुद्ध भएको छ । मनाङको धारापानी गँाउ बिकास समिती वार्ड नं १ का ताल गाउबासीले सडकको निर्माण कार्य ताल बजारबाट नगरि मर्स्याङदी वारिबाट गरिएकोमा बिरोध गर्दे निर्माण कार्य रोकेका हुन ।

आठ विद्यार्थी सङ्गठनले सवारी भाडालगायतका विषयमा सरकारले आफ्नो मागप्रति बेवास्ता गरेको भन्दै सो पुरा गर्न सात दिनको अल्टिमेटमसहितको ज्ञापनपत्र दिएको छ ।

लमजुङ बिद्युत उपभोक्ता संस्थामा लाखौ आर्थिक अनियमितता भएको समाचार संचार माध्यममा आएपछि संस्थाद्वारा गठित छानवीन समितीले अनियमिततामा संलग्न त्याहाँ कार्यरत तीन जना कर्मचारीलाई कार्वाही गरेको छ । छानवीन समितीले एकसाता लगाएर गरेको छानवीनमा सहलेखापाल धु्रवराज तिवारीले १ लाख ८२ हजार १ सय ४० रुपैया ४० पैसा अनियमिता गरेको ठहर गर्दे उक्त रकम तीन दिन भित्र दाखिला गर्न निर्देशन दिएको छ ।

गोरखा आँपपिपल गाउँ विकास समिति वडा नं ७ बस्ने २६ वर्षिय मान बहादुर महतले आफ्नै ७० वर्षिया आमा मिन कुमारी महतको शनिवावर अपरान्ह खुँडाले काटेर हत्या गरेका हुन ।

जलश्रोत मन्त्री विष्णु पौडेलले वर्तमान सरकार कसैले ढाल्न खोजेर तत्काल नढल्ने वताउनुभएको छ । बहुचर्चित मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको अवलोकन भ्रमणका लागि लमजुङ आउनुभएका मन्त्री पौडेलले आइतबार राजधानी र्फकनुअघि संचारकर्मीसंग कुरा गर्दै भन्नुभयो- सरकार ढाल्न अहिले केही राजनीतिक दल र नेताहरु लागिपरेका छन । उहाँले संविधान सभामार्फ जनप्रतिनिधिमुलक संस्थाको नयाँ नेपाल निर्माण नभईञ्जेल कसैले पनि सरकार ढाल्न नसक्ने दावी गर्नुभयो ।

नेपाल आयल निगमले गत जेठ २७ गते निर्धारण गरेको डिजल र पेट्रोलको मूल्य कात्तिक १६ गते घटाएकाले गत असार ११ मा समायोजित भाडादरको अनुपातमा तत्काल लागु हुनेगरी मिटरजडित भाडाका ट्याक्सीको सात प्रतिशत र अन्य डिजेलबाट चल्ने र्सार्वजनिक सवारीसाधनको भाडादरमा छ प्रतिशतले घटाउने गरी निर्धारण गरिएको छ ।

छात्राहरूमा मास हिस्टेरिया देखिएपछि दारेचोक गाविस, वडा नं.४ स्थित त्रिवेणी बराह माध्यमिक विद्यालय दइ दिनदेखि बन्द भएको छ । कक्षा आठका छजना छात्रा र सात कक्षाका एकजना छात्रामा बिहीबार विद्यालयमा नै अचानक हिस्टेरिया देखिएको थियो ।

पोखरा, ६ मङ्सिर । महान्यायाधिवक्ता राघवलाल वैद्यले हिजो यहाँ आयोजित एक कार्यक्रममा भलिबल खेलाडी सिपोरा गुुरुङलाई राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट सम्मान गर्नुभयो । कुमुदिनी होम्स उच्चमाध्यमिक विद्यालय, गैह्रापाटन, पोखराबाट सञ्चालित तथा साहित्यकार सरुभक्तद्वारा स्थापित उक्त पुरस्कारको राशि रु.१५ हजार रहेको छ ।

तरकारीबारीमा लाग्ने किराको लागि प्रयोग गरिने विष सेवन गर्दा एक युवतीको ज्यान गएको छ ।
   तनहुँ पुर्कोट गाउँ विकास समिति वडा नं. ५ घर भएकी २१ वषिर्या आशा गुरुङले विहिबार विहान लमजुङ सदरमुकाम बेसीसहरमा बिष सेवन गर्दा ज्यान गएको हो ।

कास्की जिल्लाको ढिकुरपोखरी गाउँ विकास समितिमा सञ्चालित दुर्गा भवानी आदर्श सामुदायिक निमाविलाई दुइकोठे पक्की भवन निर्माण गरी हस्तान्तरण गरिएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालालेे रीतपर्ूवक दर्ता भएका माओवादी लडाकूमध्ये जसको जहाँ स्तरीय मापदण्ड पुग्छ उसलाई त्यही स्थानमा समायोजन गर्नुपर्ने बताउनुभएको छ ।

र्सर्न्दभः आज अर्न्तराष्ट्रिय चर्पी दिबस
बेसीसहर, मंसिर ४ गते ।
    आज बुधबार -नोभेम्बर १९) अथार्त अर्न्तराष्ट्रिय चर्पी दिबसको रुपमा बिश्वभर मनाई रहदा नेपालमा भने अहिले पनि कुल जनसंख्याको ४६ प्रतिशतले मात्र शौचालय प्रयोग गर्ने गरेको एक तथ्याङ्कले देखाएकोछ ।

देशमा चलेको द्वन्द्धका क्रममा ध्वस्त भएका लमजुङका विभिन्न गाउँ विकास समिति, कृषि तथा पशु सेवा केन्द्र भवनको पुननिर्माण कार्य सुरु भएको छ ।
    सरकारले शान्ति तथा पुननिर्माण मन्त्रालय अर्न्तर्गत ती संरचनाको पुननिर्माणका लागि रकम समेत आएको छ । जस अनुसार गौंडा, भुलभुले, भोजे र कुन्छा गाउँ विकास समितिको भवन निर्माण कार्य शुरु भैसकेको छ ।

पर्यटकीय गाउँ सिउरुङमा मंसिरको अन्तिम साता "चौथो सिउरुङ महोत्सव-२०६५" को आयोजना हुने भएको छ ।
    स्थानीय कला संस्कृतिको संरक्षण र सरंबर्द्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनहरुको पर्बर्द्धनका लागि मंसिर २६ गतेदेखि तीनदिनसम्म महोत्वस आयोजना गरिने आयोजकले बताएका छन् ।

विगत चार वर्षेखि विभिन्न जडिबुटी र महबाट उत्पाद