Mero, Timro ani Hamro Tanahun--- hamrotanahun.com.np, Complete information & News about Tanahun, Nepal
 

[Home]  [About us]  [Contact us]  .

  + सिद्धगुफा जाने वैकल्पिक मोटरमार्गको निर्माण सुरु , + अर्न्तर्राष्ट्रिय अपाङ्गता दिवस सम्पन्न, + अखिल क्रान्तिकारीद्वारा क्याम्पसमा तालाबन्दी, + पत्रकार हत्याको विरोध, + दुर्घटनामा एकको मृत्यु,
  + इन्धन मूल्य फेरी घट्यो, + विधान विपरित कारबाही गरियो- पिडित कर्मचारी, + समितिमा बस्न अस्वीकार, + संविधानसभाको उपाध्यक्ष पदमा महिला उम्मेदवार , + दुइ किशोको हत्याको विरोधमा राजधानी तनावग्रस्त,

दक्षिण एसियाकै ठूलो दावी गरिएको बन्दीपुर गाविस, वडा नं. ६ विमलनगरस्थित सिद्धगुफा जाने वैकल्पिक मोटरमार्गको निर्माण कार्य सुरु गरिएको छ । रु.एक लाख ४९ हजारको लागतमा सो मोटरमार्गको निर्माण थालिएको सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताउनुभयो ।

स्वाभिमान र न्याय सबैका लागी भन्ने मुल नाराका साथ १७ औं अर्न्तर्राष्ट्रिय अपाङ्गता दिवस मंगलवार र बुधवार तनहुमा विविध कार्यक्रमका साथ मनाईएको छ ।

अखिल कान्तिकारीका कार्यकर्ताले विभिन्न मागहरु राख्दै मंगलबारबाट तनहु दमौलीको आदिकवि भानुभक्त बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् । अखिल क्रान्तिकारीको तर्फाट मंसिर ११ गते क्याम्पस प्रशासन समक्ष प्रस्तुत गरिएको मागहरु पुरा गर्ने तर्फक्याम्पस प्रशासनले कुनै चासो नदेखाएको कारण तालाबन्दी गर्नु परेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

तनहूँबाट प्रकाशित पत्रपत्रिकाले कैलालीका पत्रकार जगतप्रसाद जोशी 'पण्डित'को हत्याको विरोध गरेकाछन् । विरोधस्वरुप भञ्ज्याङ दैनिकले उल्टो सम्पादकीय र सेतिमादी दैनिकले खालि सम्पादीय प्रकाशित गरेको छ ।

पोखराबाट नवलपरासी तर्फजादै गरेको बा १ ख ७०३१ नंको यात्रु बाहक बस पृथ्वीराजमार्ग अर्न्तगत आँवुखैरेनी-५ नालीघाटमा दुर्घटनाग्रस्त हुदाँ एक यात्रुको मृत्यु भएको छ ।
अत्याधिक गतिमा रहेको सो बस गोरुले सडक पार गर्दा गोरुलाई जोगाउन खोज्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।

तनहूँको खैरेनीटार-९ डाङडुङगे खोला नजिकै मंगलवार विहान एक सैनिक हवल्दारको लास भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहूँका अनुसार मृतक श्री ३ नं वाहिनी खैरेनीटारमा कार्यतर स्याङजा जिल्ला पौयेगौडे-९ का ३० वषिर्य बाबुराम कार्की हुन् ।

क्रान्तिकारी पत्रकार संघ कैलालीका संयोजक तथा जनदिशा दैनिक धनगढी संस्करणका सम्पादक जगतप्रसाद जोशीको हत्याको विरोधमा नेपाल पत्रकार महासंघ तनहूँ शाखाले सोमबार दमौलीमा विरोध र्‍याली सहित प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय तनहूँ मार्फ ज्ञापनपत्र बुझाएको छ । दमौलीको अनसन चोकबाट सुरु भएको विरोध र्‍याली बजार पर्रि्रमा गरि जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापन पत्र बुझाएको थियो । हातमा कालो पट्टी भिरेर निकालिएको सो विरोध र्‍यालीमा यहाँका कानुन व्यवसायी, मानवअधिकारकर्मी तथा नागरिक समाजले पनि ऐक्यवद्धता जनाएका थिए ।

    शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दुलेगौंडाले दोस्रो वाषिर्क साधारणसभा आइतबार बेलचौतारामा सम्पन्न गरेको छ ।
    साधारणसभाको उद्घाटन गर्नुहुँदै जिल्ला सहकारी संघका अध्यक्ष पुरुषोत्तम काफ्लेले सहकारीमा आबद्ध हुने सबैले सहकारी मेरो हो र हाम्रो पनि हो भन्ने भावनाका साथ मन, वचन, कर्मले प्रतिबद्धता व्यक्त गरेमा उद्देश्यमा पुग्न सकिने बताउनुभयो । 

मस्लीम समुदायका ब्याक्तिहरुले सरकार समक्ष राज्यका हरेक निकायमा आरक्षणको माग गरेका छन् । उनीहरुले मुस्लीम समुदायलाई संबैधानिक रुपमा आदिवासी जनजाती मुस्लीम समुदाय नामाकरण गरिनु पर्ने माग गरेका छन् ।

संस्कृति तथा राज्य पुनःसंरचना मन्त्री गोपाल किरातीले हालको सरकारले नेपाल सरकारको प्रचलित कानुन, संविधानसभाका पच्चिस दलका कानुन र देशका सवै जनताका कानुन मान्नु पर्ने भएकाले कुसलता पर्ुवक काम गर्न गाह्रो भएको बताउनुभयो । सो कुरा मन्त्री किरातीले कान्तिकारी पत्रकार संघ तनहूँले शनिवार दमौलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बताउनुभएको हो ।

परिवारबाट अंश नपाएपछि खैरेनीटार-८ आमडाँडाकी एक महिला सहित छ जना बालबालिका विचल्लीमा पर्दै आएका छन् । उनीहरु लाई दैनिक छाक र्टार्न समेत समस्या पर्ने गरेको छ । राम्जाकोट गाविस-५ गवादीकी २८ बषिर्या मैना रानाभाट, तिन छोरा सहित ६ जना गरिवीकै कारणले भोकै बस्न बाध्य भएका छन् । उनीहरु केही बर्षाट खैरेनीटारमा बस्दै आएका हुन् ।

जिल्लालाई बालमैत्री बनाउने उद्देश्यले थालिएको जन्मदर्ता अभियानको क्रममा जिल्लाभरि उल्लेख्यमत्रामा बालबालिकाको जन्मदर्ता गरिएको जिल्ला विकास कार्यालय तनहूँले जनाएको छ ।

दमौली, मंसिर १० गते । भानु गाविस-५ भन्सार निवासी ७३ बषिर्य टंक बहादुर अधिकारीले सोहि ठाँउ निबासी १० बषिर्या एक बालिकालाई गत वुधबार दिउँसो आफ्नै घर नजिकको बारीमा लगेर बलत्कार गरेका छन् ।

सशस्त्र द्वन्द्वमा मारिएकाको परिवारलाई तनहुमा राहत दिन सुरु गरिएको छ । सरकारले सशस्त्र द्वन्द्वमा मारिएकाको परिवारलाई प्रति मृतक १ लाख रुपैयाको दरले राहत रकम दिने निर्णय गरे अनुरुप जिल्ला प्रशासन कार्यलय तनहँले र्सार्ववजानिक सुचना जारी गरि मृतकका परिवारलाई सर्म्पर्क गर्न अनुरोध गरेको हो ।

सत्य र्साई केन्द्र तनहुँले सत्य साइबाबाको ८३औँ शुभजन्मोत्सवका अवसरमा जिल्लाका पचास विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।

नेपाल पत्रकार महासंघले देश व्यापी अभियानको रुपमा संचालन गरेको "संविधान निर्माणमा संचारकर्मीको भुमिका" विषयक अर्न्तक्रिया शनिवार दमौलीमा महासंघ तनहूँ शाखाले सम्पन्न गरेको छ ।

रोजगारीमा लगाई दिन्छौं भनी एक युवतीलाई ललाइफकाइ भारततर्फबेच्न लैजाने दुइ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
 व्यास १ तालघारे कि मिना गुरुङलाई जागीर लगाई दिन्छौँ भन्दै भारततर्फलैजाने कास्की जिल्ला घर भई व्यास-३ सेरामा बस्दै आएका कमला गुरुङ र शान्ति गुरुङलाई सुनौली प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको काहुँ शिवपुर गाविस निवासी एक महिलाको एचआइभी/एड्सबाट मृत्यु भएको छ ।
    छैसठ्ठी वषर्रीय ती महिलाको मृत्यु भएको एड्सको क्षेत्रमा काम गर्दै आएका तनहुँ सहयोग समूहले जनाएको छ ।

पोखराबाट नारायणगढ तर्फजादै गरेको ना ३ ख ५२२६ नंको एक यात्रुबाहक मिनी बस शुक्रबार दिउसो करिव २:३० बजे पृथ्वीराजमार्गको मुग्लीन-आँवुखैरेनी सडक खण्डको आवुखैरेनी-९,बेनीघाटमा दुर्घटना हुदाँ तिन महिला र तिन पुरुष सहित ६ जनाको मृत्यु हुनाको साथै २१ यात्रु घाइते भएका छन् ।

दमौली, मंङसिर ४ गते । रोट्रयाक्ट क्लव अफ दमौलीले यही अर्न्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर यही मङसिर ६ गते शैक्षिक भ्रमण कर्न्सट तथा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको अयोजना गर्ने भएको छ ।

प्रजातान्त्रीक राष्ट्रिय युवा संघ तनहूँले काठमाडौ, कलंकीका दुइ युवाहरुको वाइसियलले अपहरण पश्चात हत्या गरेको विरोधमा तनहूको दमौलीमा बुधवार दिउसो एक घण्टा पृथ्वीराजमार्गमा यातायात अवरुद्ध गरि विरोध जनायो ।

देशभरी छरिएर रहेका फोटो पत्रकारहरुको छाता संगठनको रुपमा काम गर्ने उद्देश्य राखेर जिल्ला प्रशासन कार्यालय तनहुँबाट फोटो पत्रकार महासंघ नेपाल विधिवत दर्ता भएको छ ।

लायन्स क्लब अफ पोखरा सेन्ट्रल र लायन्स क्लब अफ तनहुँको आयोजनामा दमौलीमा हिजो सञ्चालित स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमको जिल्ला शिक्षा अधिकारी बद्रीनाथ जैसीले उद्घाटन गर्नुभयो ।

सरकारले अपाङ्गता भएका ब्याक्तिहरुलाई भत्ताको ब्यवस्था गरेपनि उनीहरु मध्ये धेरै जसोले भने भत्ता पाउन सकेका छैनन् ।
तनहँु जिल्ला भित्र करिब १ हजार जना अपाङ्गता भएका ब्याक्तिहरु भए पनि जम्मा १ सय जनाले मात्र अपाङ्ग भत्ता पाउन सफल भएकाछन् । एक गाविसमा २ जनाको दरले अपाङ्गलाई भत्ताको ब्यवस्था हुँदै आएको छ ।

गाउँस्तरमा सञ्चालित एक प्रस्तावित माध्यमिक विद्यालयको शिक्षकहरुलाई मासिक तलब खुवाउन भैलो खेलेर रकम संकलन गरेका छन् ।
तनहूँको वसन्तपुर-५स्थित पुर्कोट माध्यमिक विद्यालय वसन्तपुरमा सञ्चालित सो माविका लागि तलब खुवाउन नपुगेपछि भैलो खेलेर रकम संकलन गरेको हो ।

बन तथा भु संरक्षण मन्त्री किरण गुरुङले संविधान सभा संचालन नियमावली र्सवसम्मतले पारित भैसकेकाले अबको बाँकी दिन देशको जनमुखी संविधान निर्माणको लागि खर्चिनुपर्नेमा जोड दिनुभएको छ ।

तनहूँ काहूँशिवपुर गाविसका स्थानियबासीले ऋण खोजेर १५ किलोमिटर लामो काहूँबाट सेती-मादी किनार सम्म सदरमुकाम दमौली जोड्ने ग्रामीण सडक निर्माण कार्यमा जुटिरहेकाछन् ।
उनीहरुले काहूँशिवपुर-१, झापुटारका चार घरको करिव ३७ रोपनी घर-बारी ३३ लाखमा भिमाद-१ का व्यापारी देववहादुर ज्वारचनसंग "दृष्टीबन्दी"मा राखी ऋण निकालेर सो बाटो खन्दै आएका हुन् ।

व्यास नगरपालिका वडा नं। ९ निवासी ३९ वर्षीय पूर्णबहादुर विकलाई गए राति दुई व्यक्तिले मरणासन्न हुने गरी कुटपिट गरेर माडी नदीमा फालिदिएका छन् । उनलाई सोही ठाउँ निवासी दुर्गा परियार र अर्का नाम नखुलेका व्यक्तिले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बन तथा भुसंरक्षण मन्त्री किरण गुरुङले सेना समायोजन विषेश समिति भनेको प्रत्येक सदस्यमा भिटो सामथ्र्य सहितको समिति हो र यो अंकले फरक पर्दैन भन्नेकुरा उल्लेख गर्नुहुदै माओवादीका सेनालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्डका आधारमा सेना भन्न सुहाउनेलाई मात्र सामायोजन गरिने बताउनु भएको छ ।

बैदेशीक रोजगारमा गएका तनहूँका एक युवकको शव विदेशमा अलपत्र परेको छ ।
साउदी अरवमा यही कार्तिक १६ गते कोठामा सुतिरहेको वेलामा विधुतसट भएपछी आगलागी भएर जामुने-१ माथिल्लो गुणादीका २२ वर्षिय अर्जुन अधिकारीका मृत्यु भएकोमा शव नेपाल झिकाउन नसकेपछी उनको शव अलपत्र परेको हो ।

तनहूँ जिल्लालाई बालमैत्री बनाउने अभियानमा जिल्लाभर बालबालीको जन्मदर्ता अभियान सुरु भएको छ । बालबालिकाको जन्मदर्ता हुन छाडेपछि बुधवारबाट नौ दिनसम्म जिविस नगरपालिका जिल्ला बालकल्याण समिति र केहि बालबालीका सम्बन्धि काम गर्ने गैरसरकारी संघसस्थाको आयोजनामा बालबालिकाको जन्मदर्ता अभियान सुरु गरिएको हो ।

गुणस्तरहिन पेट्रोलले मोटरर्साईकलमा खराबी ल्याएको भन्दै दमौलीका युवाहरुले पेट्रोलको गुणस्तर जाँच गर्न माग गरेका छन् । उनीहरुले मोटरर्साईकल बिचमै बन्द हुने, भल्ब ब्रि्रने, पिकअप नदिने लगायतका समस्या रहेको बताएका छन् ।
युवाहरुले दमौली आसपासका पम्पबाट वितरण हुने तेलको परिक्षण गर्न माग गर्दै मंगलबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र समेत वुझाएका छन् ।

सदरमुकाम दमौलीमा रहेको रामज्योती सेकेन्डरी बोर्डीङ स्कुलका एक शिक्षकले सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक विद्यालयलाई निर्धातरुपमा कुटपिट गरेका छन् ।

व्यास-१० दमौलीका १२ वषर्ीय नविन विष्टलाई शिक्षक सन्तोष अधिकारीले आइतवार विहान कुटपिट गरेका थिए । कुटपिटका कारण विष्टको दाइने साप्रामा दुइवटा राता डाम बसेको छ र सोही कारणले उहाँलाई हिडढुल गर्न पनि अफठर्‍यारो पर्दे अएको छ ।
पिडित विद्यार्थी नविनका अनुसार शिक्षक अधिकारीले उनलाई पाईपको लड्ठीले ८ पटक सम्म लगातार पिटेका हुन् । प्राथनाको समयमा अगाडी बोलाएर  सरले मलाई झण्डीबर्ुजा किन खेलेको भन्दै पिट्नुभएको हो-विष्ठले भन्नुभयो ।