Mero, Timro ani Hamro Tanahun--- hamrotanahun.com.np, Complete information & News about Tanahun, Nepal
 

[Home]  [About us]  [Contact us]  .

  + सिद्धगुफा जाने वैकल्पिक मोटरमार्गको निर्माण सुरु , + अर्न्तर्राष्ट्रिय अपाङ्गता दिवस सम्पन्न, + अखिल क्रान्तिकारीद्वारा क्याम्पसमा तालाबन्दी, + पत्रकार हत्याको विरोध, + दुर्घटनामा एकको मृत्यु,
  + इन्धन मूल्य फेरी घट्यो, + विधान विपरित कारबाही गरियो- पिडित कर्मचारी, + समितिमा बस्न अस्वीकार, + संविधानसभाको उपाध्यक्ष पदमा महिला उम्मेदवार , + दुइ किशोको हत्याको विरोधमा राजधानी तनावग्रस्त,

New Page 2
भञ्ज्याङ समाचार भञ्ज्याङ लेख भञ्ज्याङ तस्विर भञ्ज्याङ रचना भञ्ज्याङ सम्पादकिय भञ्ज्याङ मानुङकोटबाट

वर्ष२७ अंक २१७ मिति २०६५ मसीर ११ गते 26 November, 2008

भञ्ज्याङ समाचार

नेपाल-भारतबीचको सम्बन्ध सुदृढ हुने-मुखर्जी

काठमाण्डौं, १० मंसिर
    प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभयो ।

 

बृद्धद्वारा बालिका बलात्कृत

भञ्ज्याङ सम्वाददाता
दमौली, १० मंसिर
    भानु गाविस-५ भन्सार निवासी ७३ बषिर्य टंक बहादुर अधिकारीले सोहि ठाँउ निबासी १० बषिर्या एक बालिकालाई गत वुधबार दिउँसो आफ्नै घर नजिकको बारीमा लगेर बलत्कार गरेका छन् ।

 

गाउ“मा सहकारी

भञ्ज्याङ सम्वाददाता
चित्रेभञ्ज्याङ, १० मंसिर
    स्याङजा जिल्लाको चित्रेभञ्ज्याङ गाविसको नौ वटा वडा र चिसापानी, चिन्नेबास, तनहुँको भानुमति र अरुणोदयलाई समेट्ने गरी नमूना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड चित्रेभञ्ज्याङ गठन गरिएको छ ।

 

हत्याको विरोधमा नवलपरासीका सबै सरकारी कार्याल्ाय बन्द

भञ्ज्याङ सम्वाददाता
परासी, १० मंसिर
कर्मचारी हत्याको विरोधमा मंगलबार नवलपरासीको जिल्लाको सरकारी कार्यालय तथा वित्तीय संस्थाहरु बन्द गरिएको छ । गत मङ्सिर ५ गते जिल्ल्ाा कृषि विकास रुकुमका प्राविधिक सहायक दलबहादुर रावतको हत्या भएको विरोधमा सो बन्दको आहृवान गरिएको हो ।

 

एक गाग्रो पानीका लागि चेपाङलाई अर्ढाई घण्टा

भञ्ज्याङ सम्वाददाता
धादिङ, १० मंसिर
    धादिङ जिल्लाको दक्षिणी भेगमा पर्ने महादेवस्थान गाविसको वडा नं.१ मार्सखर्क गाउँको चेपाङबस्तीमा खानेपानीको विकराल समस्या  छ । 

 

अखिल र क्रान्तिकारी विद्यार्थीबीच झडप

भञ्ज्याङ सम्वाददाता
चितवन, १० मंसिर
    चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा सोमबार बिहान अनेरास्ववियु -क्रान्तिकारी) र नेकपा -एमाले) निकटका अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको छ ।

 

भारतीय पक्षले पानी नदिंदा नेपाललाई ठूलो घाटा

भञ्ज्याङ सम्वाददाता
नवलपरासी, १० मंसिर
    भारतले गण्डक सम्झौताअनुसार गण्डक नहरमा पानी नछोड्दा नवलपरासीको गुठीर्सुयपूरास्थित गण्डक जल विद्युतगृहमा विद्युत उत्पादन कार्य ठप्प भएको छ ।

 

गोरखकाली मन्दिरमा अब दैनिक पूजा

भञ्ज्याङ सम्वाददाता
गोरखा, १० मंसिर
    ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा यही मङ्सिर २२ गतेदेखि दैनिक पूजा सञ्चालन हुने भएको छ ।

 

दोस्रो गणतान्त्रिक खेलकुद महोत्सव शुरु

भञ्ज्याङ सम्वाददाता
दमौली १० मंसिर
    दोस्रो गणतान्त्रिक खेलकुद महोत्सव-२०६५ दमौलीमा मंगलवारबाट सुरु भएको छ । सो महोत्सवको उद्घाटन गर्दै नेपाल गणतान्त्रीक खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष रणसंग्राम विष्टले गाँउ-गाँउबाट खेलकुदको आयोजना गरि व्यवासायिक खेलकुदको विकास गर्नुनै आजको आवश्यकता रहेको बताउनुभयो ।

 

कामीको निधनमा शोक व्यक्त

भञ्ज्याङ सम्वाददाता
दमौली, १० मंसिर
    नेपाली कांग्रेस जिल्ला समिति तनहुँले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित संघका केन्द्रीय सभापति दलसिं कामीको निधनमा शोकव्यक्त गरेको छ । 

 

गाविसस्तरीय छनौट फूटवल प्रतियोगिता शुरु

भञ्ज्याङ सम्वाददाता
लमजुङ, १० मंसिर
    लमजुङको सदरमुकाम वेसीशहरमा मंगलवारदेखि गाविसस्तरीय छनौट फुटवल प्रतियोगिता शुरु भएको छ । 

 

तीनदिने कृषि बजार योजना तथा व्यवस्थापन तालिम सुरु

भञ्ज्याङ सम्वाददाता
लेखनाथ, १० मंसिर
    कृषि व्यवसाय पर््रवर्द्धन तथा बजार विकास निर्देशनालय कृषि बजार तथा कृषि बजार व्यवस्थापन क्षमता अभिवृद्धि आयोजनाद्वारा आयोजित तीनदिने कृषि बजार योजना तथा व्यवस्थापन तालिम यहाँ सुरु भयो ।

 

घुम्ती सडकको साधारणसभा

भञ्ज्याङ सम्वाददाता
मग्यामचिसापानी, १० मंसिर
    स्याङजा जिल्लाको सदरमुकाम स्थित पुतलीबजार नगरपालिकादेखि पर्ूवतर्फतनहुँको सिमाना चित्रेभञ्ज्याङसम्म जोेडिने घुम्ती चिसापानी-चित्रे कृषि सडकको नवौं साधारण   सभा तथा वाषिर्क अधिवेशन आइतबार चिसापानीमा सम्पन्न भयो।

 

महिलाले बनाए सामुदायिक भवन

भञ्ज्याङ सम्वाददाता
बागलुङ, १० मंसिर
    पहिले चुलो र चौकोमा मात्र सीमित हुने महिलाहरू आजभोलि  गाउँ बनाउन पनि जुटेका छन् । गाउँका चौतारा र चौरमा हुने गरेको सामुदायिक बैठक, भेला आदिलाई उनीहरूले व्यवस्थापन गर्नका लागि सामुदायिक भवन निर्माण गरेका छन् ।

 

पसल फोडेर दुइ लाख नगद चोरी

भञ्ज्याङ सम्वाददाता
वेसीशहर, १० मंसिर
  लमजुङ सदरमुकाम बेसीशहरको शेराबजारस्थित दर्ुइवटा पसलबाट २ लाख भन्दा बढीको चोरी भएको छ ।

 

बिना सूचना लाखौंको ठेक्का स्वीकृत

हेटौंडा, ५ मंसिर जिल्ला विकास समिति मकवानपुरले बिना सूचना र टेण्डर लाखाैको ठेक्का स्वीकृत गरेको छ । जिल्लाबाट निकासी हुने कवाडी कर र हाड, सिङ, खुर, जडीबुटी, काठदाउराको कर सङ्कलन गर्न बिना टेण्डर रु.१६ लाखमा मङ्सिर १ गते ओम साइराम सप्लायर्सका प्रोपाइटर्रर् इश्वर पण्डितलाई सो ठेक्का दिइएको हो ।

 

भत्ता अपुग

भञ्ज्याङ सम्वाददाता दमौली, ५ मंसिर शैक्षिक तालिम केन्द्र तनहुँ दमौलीमा तालिम लिइरहेका सम्पुण्ा शिक्षकहरुले केन्द्रबाट प्राप्त तालिम खर्च अपुग भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

 

दलहरुबीच एकता कायम रहनुपर्ने-नेम्बाङ

दमक, ५ मंसिर संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले नयाँ संविधान निर्माण पूरा नहुन्जेल दलहरूबीच एकता कायम रहनुपर्ने बताउनुभएको छ । बिहीबार झापा उद्योग वाणिज्य सङ्घको ४८ औं वाषिर्कसाधारणसभाको सतासीधामको पर्यटकीयस्थल दोमुखामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै सभाध्यक्ष नेम्बाङले भन्नुभयो अब बन्ने संविधानले जनताका सबै आकांक्षा र जायजमागलाई सम्बोधन गर्नुपर्छ ।

 

विद्यालयमा तोडफोड, डेढलाखको क्षति

भञ्ज्याङ सम्वाददाता कास्की, ५ मंसिर आफूहरूले राखेका माग माथि विद्यालय प्रशासनले कुनै सुनुवाई नगरेको भन्दै बिहीबार राष्ट्रिय उच्चमावि पोखराका विद्यार्थीहरू तोडफोडमा उत्रिदा विद्यालयमा करिब रू. एक लाख पचास हजार बराबरको भौतिक क्षति भएको छ ।

 

दादुरा खोप तथा पोलियो थोपा खुवाइने

भञ्ज्याङ सम्वाददाता दमौली, ५ मंसिर जिल्ला स्वास्थ्य कार्यालय तनहूँले विहिवार दमौलीमा एक कार्यक्रमको आयोजना गरि यही मङसिर २१ देखी २९ गते सम्म जिल्ला भरका खोप केन्द्रमा ९ महिना देखी ५ वर्षमुनिका बालबालिकालाई दादुराको खोप र जन्मेदेखी ५ वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाइने बारेमा जानकारी गरायो ।

 
भञ्ज्याङ लेख

वातावरण संरक्षणमा जटायु रेष्ट टु रेन्ट

सामान्य अर्थमा रे

 
भञ्ज्याङ रचना

होस पुर्‍याउँ

र्सूयबदना पण्डित
योजना अनुगमन तथा प्रशासकीय अधिकृत

बाटो संरक्षण गर्ने रैछ नाली
विनाश गर्ने रहेछनि पानी
जानी नजानी बनेका यी बाटा
 

कविदाई

शुक्रराज आचार्य, भिमाद
 तनहुँ हो, कविदाई हो
 बलियोसँग बन्द गर
तिम्रा  ती कलमका विर्काहरु
समाजका विकृतिहरु 

 
भञ्ज्याङ सम्पादकिय

बहसको केन्द्रविन्दु

यतिबेला नेपाली राजनीतिमा वामपन्थी पार्टी को भेला, अधिवेशन र उनीहरुले निर्धारण गर्ने रणनीति एवं कार्यनीतिक लक्ष्यका बारेमा तीव्र बहस चलिरहेको छ। संविधानसभाको निर्वाचनले राष्ट्रको ठूलो पार्टीको रुपमा आफूलाई स्थापित गर्न सफल नेपाल कम्युनिष्ट पार्टी माओवादी) को चार दिन लामो राष्ट्रिय भेलामा उनीहरुबीचको विवाद एवं सारतत्व एवं समाधानका विषयमा बहस केन्द्रित रहेको छ । 

 

अग्रगमन र जटिलता

इतिहासमा एक पटक प्राप्त अवसरले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अग्रसर गराउन यतिबेला नयाँ संविधान लेखनको प्रक्रियाको लागि कार्यतालिका समेत संविधानसभा बैठकबाट पारित भइसकेको छ । पारित कार्यतालिका अनुसार २०६७ जेष्ठ १४ गते सम्म नयाँ संविधान जारी हुने समय सीमा निर्धारण गरिएको छ ।

 

सकरात्मक अभियान

सरकारले मदिरा तथा सुर्तीजन्य पदार्थ विक्री वितरणका लागि विक्रेताहरुले सम्बन्धित निकायमा रजिष्ट्रेशन गर्राई विक्री वितरणको अनुमतिपत्र लिनुपर्ने बाध्यता सिर्जना गराएपछि त्यस्तो व्यापार व्यवसायमा संलग्न व्यवसायीहरु सम्बन्धित निकायमा कागजपत्र मिलान गर्न र प्रमाणपत्र प्राप्त गर्न अभियानकै रुपमा सहभागी हुन थालेका छन्। 

 

सकरात्मक सन्देश

तर्राईका शसस्त्र समूहसँग वार्ता प्रक्रिया थालनीका लागि सरकारी वार्ता टोली संयोजक जनार्दन शर्माले मधेशी भाइरस किलर र तर्राई जनतान्त्रिक पार्टर्ीीग भेट गरी अनौपचारिक वार्ता प्रारम्भ गर्नुभएकोमा यसले सकरात्मक सन्देश दिएको छ । वार्ता अनौपचारिक र गोप्य वार्ता भनिएपनि वार्तामा संलग्न व्रि्रोही पक्षबाट सकरात्मक भनिएकोले यसले फलदायी उपलब्धी प्राप्त हुने अपेक्षा गरिएको छ । गत हप्ता मात्रै संविधानसभाले २०६७ साल जेष्ठ १४ गतेसम्म गणतन्त्रात्मक नेपालको संविधान घोषणा गर्ने गरी कार्यतालिका निर्धारण गरिसकेको छ । यसको लागि चुनौति र जटिलताहरु हुन सक्छन् । तथापि यो उत्साहजनक र सकरात्मक कदमतर्फो विषय भएकाले यसलाई सम्पन्न गर्न सबै क्षेत्रको दायित्व हो ।

 

पीडितलाई राहत

मुलुकको परिवर्तन र नयाँ एवं समुन्नत नेपाल निर्माणका खातिर संर्घष्ाका क्रममा धेरै नागरिकहरु आहात हुन पुगेको कुरा सबैको सामने र्छलङ्ग छ । विशेष गरेर तत्कालीन सरकारले व्रि्रोही वा जनता र लोकतन्त्रको पक्षमा आवाज उठाउनेहरुको विरुद्ध दमन र उत्पीडिन गर्दै आएको हो । यो संर्घष्ाको लामो क्रममा उत्पीडिनमा परेकाहरुको घाउमा आहात होइन राहात पुर्‍याउन पर्ने सरकारको दायित्व हो । यतिबेला मुलुकको विराट परिवर्तनको नेतृत्व गर्दै आएका दलहरुको नेतृत्वमा सरकार सञ्चालित छ । अझै स्पष्ट रुपमा भन्नुपर्दा २०५२ सालदेखि सशस्त्र जनयुद्धको नेतृत्व गरेको दल नेकपा माओवादीको नेतृत्वमा सरकार सञ्चालित छ । यो सरकारप्रति जनताका विविध आकांक्षा र मागहरु रहनुपनि अस्वभाविक होइन ।

 

विवाद होइन सहमति खोजौं

संविधानसभा निर्वाचन सम्पन्न भएको सातौं महिना बितेको छ । ढिलो भएपनि नयाँ संविधान लेखनको लागि संविधानसभाको बैठकले कार्यविधि तय गरेर अन्तरिम संविधानले तोकेको समयावधिभित्र नयाँ संविधान निर्माण सम्पन्न गर्ने र र्सार्वजनिक गर्ने समेत तालिका र्सार्वजनिक गरिएकोले जनतामा विश्वास र उत्साह थपेको छ भने दलहरु बीचको असमझदारी र हिलो छेपाछेपले नैराश्यता भने यथावत रहेको छ ।

 

घरेलु हिंसा र लै·कि समानता

लैङ्गकि समानताको नारा विश्वव्यापीकरण भइसकेको छ । जनसंख्याको आधाभन्दा बढि भाग ओगट्ने महिलाहरुलाई मूल प्रवाहीकरण नगरेसम्म समानता मात्र नारामा सीमित हुने भएकोले लैङ्गकि समानता व्यवहारमा परिणत गर्नुपर्ने विश्व स्तरमा नै मान्यता पाइसकेको हो ।

 

किसानको आवाज एकत्रित हु“दैन

नेपाल अहिलेपनि कृषिप्र

 

मिसावटको जवाफदेही को -

पेट्रोलियम पदार्थ गुण

 

ओझेलमा नपारौं

संविधानसभाको निर्वाचन सम्पन्न भएको सात महिना बितिसकेको छ । दुईवर्षभित्र नयाँ संविधान निर्माण गर्नका लागि निर्वाचित संविधानसभाको लागि लामो बहस र विवादका बीच नियमावली पारित भएको छ । संविधानसभाको कार्यकाल पहिलो बैठक बसेको मितिले दुईइवर्षतोकेको छ । गत जेष्ठ १५ गते बसेको पहिलो बैठक यता हिजो मात्र संविधानसभाको बाह्रौ बैठक बसेको हो । मुलुकलाई राज्यको अग्रगामी पुनसंरचना सहित लोकतान्त्रिक विधि स्थापित गर्न मुल कानून निर्माण गर्ने अभिभारा बोकेका दल र नेताहरुले नियमावली पारित गराउन यति लामो समय खर्चनुले उनीहरु बीचको आपसी मतान्तर नै प्रमुख कारण रहेको हुँदा समस्या पैदा हुँदै आएको थियो ।

 

विवादित अभिव्यक्ति

शपथ ग्रहणकै अवसरमा हिन्दी भाषामा शपथ खाएर विवादमा तानिनुभएका उपराष्ट्रपति परमानन्द

 

महिला सशक्तीकरणको सवाल

नेपाली समाजको निरन्तर र लामो संर्घष्ाको प्रतिफल स्वरुप राजनीतिक परिवर्तन भइसकेको छ । यति ठूलो र विराट परिवर्तनको लागि राजनीतिक संर्घष्ामा महिला र पुरुषको समान सहभागिताले नै यो सफलता प्राप्त भएको हो । हामी नयाँ नेपाल र समृद्ध नेपाल निर्माण गर्ने चरणमा उभिएका छौं । त्यसको लागि सबैले प्रतिबद्धता व्यक्त गरेका छन् । एक युगमा एक पटक प्राप्त हुने ऐतिहासिक अवसर संविधानसभाको निर्वाचन सम्पन्न भइसकेको छ । नेपालको सर्वोच्च

 

अमेरिकामा अश्वेत राष्ट्रपति

अमेरिकी इतिहासमा अश्वेत जातिका मानिसले निर्वाचन जितेर ह्वाइट हाउस प्रवेश गर्ने ओवामाले पहिलो अवसर पाएका छन् । लामो चुनावी प्रतिस्पर्धाबाट राष्ट्रपति पदमा विजय भएका बाराक ओबामा अश्वेत

 

भूमिका र दायित्व

भौगोलिक आकारमा सानो रहेपनि हाम्रो मुलुक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक बहुल समाजबाट अगाडि बढ्दै आएको कारण समाजको आधारमा मुलुकलाई संघीय संरचनामा लग्न सहमति भएको हो । 

 
भञ्ज्याङ मानुङकोटबाट

मानुडकोटबाट

एउटा पनि छिर्न नदिने रे । त्यै त कमरेड प्रचण्डले थुम्थुम्याएसि हजुरबाको चित्त बुझिहाल्छ ।

 
 
भञ्ज्याङ तस्विर
 

विद्यार्थीलाई यातना


दमौलीस्थित व्यास दिव्यज्योती बोर्डिङ स्कुलमा ३ कक्षामा अध्ययनरत विद्यार्थीलाई गृहकार्य नगरेको आरोपमा आईतबार दिउँसो कक्षाकोठा बाहिर निकालेर यातना दिंदै। कान समाएर ती बालबालिकालाई करिब ४५ मिनेट बाहिर उभ्याएर यातना दिइएको थियो । पीडा खप्न नसकेर उनीहरु रोएका थिए । बालबालिकाको तस्बिर खिचेको देखेपछि शिक्षकले उनीहरुलाई कान समाएर कक्षाकोठा भित्र लगेर गृहकार्य नगरे थप कारवाहि गर्ने चेतावनी दिदैं छुटकारा दिएका थिए ।        तस्वीर : भञ्ज्याङ

थप तस्विरहरु

Support

Category

Local News

National News

Sport News

Events

Destination Tanahun