तिम्रो, मेरो अनि हामी सबैको तनहुँ

www.hamrotanahun.com.np
हाम्रो तनहुँ सम्वाददाता दमौली, पुस
तनहुँको घा“सीकुवा गाबिस १ नाहाला स्थित सार्वजनिक धारामा भरी राखेको गाग्री छोएको निहुमा   २७ वर्षीया माया विकलाई कुटपिट गर्ने स्थानिय अचितकुमार श्रेष्ठ परिवारलाई कारवाहीको माग गर्दै जिल्लाका दलितले एकघण्टा पृथ्विराजमार्ग अवरुद्ध गरेका छन् ।
मंगलवार विहान करिव ९ वजेदेखि राजमार्गमा यातायात वन्द गर्दै सडकमा उत्रिएका दलितहरुले प्रहरीले कुटपिट गर्नेलाई प्रक्राउ गरी कारवाही प्रकृया अघि वढाउने प्रतिवद्धता जनाएपछि करिव एक घण्टा पछि राजमार्ग सुचारु भएको छ ।
सिन्धुपाल्चोक घर भई डेरामा बस्दै आएकी विकलाई आईतवार दिउ“सो करिव ५ वजे धारामा भरीएको गाग्रो निकालेर आफ्नो गाग्रोमा पानी भर्ने क्रममा अचितकुमार, उनकी  साली, र छोरीहरु आराधाना र पुजाले हातपात गरेका थिए ।
दमौली स्थित रत्नहरी मेमोरिलय अस्पतालमा उपचार गराईरहेकी विकको टाउको, गर्धन र दाया“ पाखुरामा चोट लागेको छ । विकले श्रेष्ठ परिवारले कुटपिटको वारेमा कसैलाई भने वस्दै आएको घरवाट निकालिदिने धम्कि समेत दिदैं आएको वताईन् ।