हाम्रो तनहुँ सम्वाददाता दमौली, पुस आदर्श समाज दुलेगौंडाको छैटौ अधिवेशन तथा १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षतामा र संस्थाको वयोवृद्ध खरिदार भिम प्रसाद थापाको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा वरिष्ठ समाजसेवी शेषमणि आचार्य, सेतीगंगा सामुदायिक अस्पतालका मोती प्रसाद पौडेल, पदमलाल लामिछाने, उद्योग वाणिज्य संघ दुलेगौंडाका निवर्तमान सभापति पदमराज लम्साल, तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईका सभापति विमल प्रसाद रिमाल, शिव पौडेल, कमल बहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष काजीराम कार्कीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, कार्यक्रममा २०६७ सालको प्रवेशीका परीक्षामा संस्थाका सदस्यका छोराछोरीहरु मध्ये सबैभन्दा बढी अङ्क ल्याई विशिष्ट श्रेणीमा उत्तीर्ण हुने छात्रतर्फ बाल विद्यामन्दिर उच्च माध्यमिक विद्यालयका राम खड्का र छात्रा तर्फ गृष्मा थापालाई नगद पुरस्कार र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । संस्थाको छैठौँ अधिवेशनद्वारा हरि बहादुर खड्काको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको छ । नवनिर्वाचित समितिका उपाध्यक्षमा रत्न बहादुर थापा, सचिव शंकर कार्की, कोषाध्यक्ष पदम बहादुर बानियाँ, सदस्य तुलसी प्रसाद ढुंगाना, शरण गर्तौला र लक्ष्मी सिग्देल रहेको बताइएको छ ।