हाम्रो तनहुँ सम्वाददाता
ठूलोढुङ्गा बजार व्यवस्थापन समिति मिर्लुङ्ग, ठूलोढुङ्गा, तनहुँले यहि चैत्र १८ देखि २५ गतेसम्ममा विविध कार्यक्रमका साथ “चैते दशैं-पूणिर्मा मेला-२०६८” सञ्चालन गर्ने भएको छ । ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको मिर्लुङ्ग-८, ठूलोढुङ्गामा हरेक वर्षचैते दशैं-पूणिर्माको अवसरमा लाग्ने मेलालाई यस वर्षेखि व्यवस्थित रुपमा समितिले साँस्कृतिक, खेलकुद लगायतका विविध कार्यक्रमको आयोजना गरी सञ्चालन गर्ने तयारि गरेको छ ।
मिर्लुङ्ग गाविस जन्मथलो भई दमौली आइ बसेका महानुभावहरुसंग सोमबार दमौलीमा मेलाका बारेमा छलफल कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा परपर्ूवकालदेखि सञ्चालन हुँदै आएको ठूलोढुङ्ग बजार यता केही वर्षेखि यसको महत्व र रौनकता हराउँदै जान थालेकाले हरेक चैते दशैको पूणिर्मामा लाग्ने “ठूलोढुङ्गा बजार”को अस्तित्व र महत्वलाई बचाई राख्ने उद्देश्यका साथ सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो ।
ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको ठूलोढुङ्गा बजारमा परपर्ूवकालदेखि नै ठाडो भाका गीत गाउँने र सुन्नेहरुको भिडभाड लाग्ने गर्दथ्यो तर विगत यता केही वर्षेखि यो पनि हराउँदै गएको र बढ्दो आधुनिकता र बजारीकरणका कारण यो बजारको महत्व नै हराउन थालेकाले यस वर्षेखि व्यवस्थित रुपमा ठूलोढुङ्गा बजारको महत्वलाई बचाई राख्ने उद्देश्यले “चैते दशै-पूणिर्मा मेला-२०६८” आयोजना गरिएको ठूलोडुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष छविलाल गुरुङ्गले बताउनु भएको छ ।
बाबुबाजेहरुले यो बजारबाट बर्षरी खेतबारीमा खनजोत गर्न प्रयोग गरिने कुटो, कोदालो, हाँसीया, हलोको फाली, नाङ्गलो, घामपानीमा ओढ्न प्रयोग गरिने छत्री, स्याखु लगायतका कृषि कार्यका लागि आवश्यक पर्ने वस्तुहरुको खरिद बिक्री गर्नुका साथै वर्षरिको दुःख पीडालाई बिर्सिएर लोकदोहोरी तथा ठाडोभाका गीतमा २/३ दिनसम्म रमाउने गर्दथे । त्यस्तै, विभिन्न जिल्लाका खेलप्रेमीहरु जम्मघट भएर भलिबल खेल, छेलो हान्ने खेल लगायतका खेलकुद प्रतियोगिताहरु सञ्चालन हुँदै आउने गर्दथ्यो तर यता केहिवर्षेखि यहाँका बासिन्दाहरु बसाइसरी अन्यत्र जाने र बढ्दो बजारीकरणका कारण यो बजारको महत्व लोपको संघारमा पुगेकाले बचाई राख्नका लागि मेला सञ्चालन गर्न लागेको समितिका संयोजक विष्णु सिं गुरुङ्गले जानकारी दिनु भएको छ ।
त्यस्तै उक्त छलफल कार्यक्रममा मिर्लुङ्ग गाउँ विकास समितिका सचिव/अध्यक्ष भूपेन्द्र पौडेलले ऐतिहासिक, साँस्कृतिक, धार्मिक, खेलकुद, पर्यटकीय लगायत विविध महत्व बोकेको ठूलोढुङ्ग बजारलाई मेलाको रुपमा सञ्चालन गर्दा सम्पर्ूण्ा गाउँ विकास समितिमा बसोवास गर्दै आएका बासिन्दाहरुलाई समेटेर व्यस्थिति रुपमा सञ्चालन गर्न आग्रह गर्नु भएको थियो । मिर्लुङ्ग गाविस ऐतिहासिक, साँस्कृतिक, धार्मिक, पर्यटनका लागि मात्र महत्वपर्ूण्ा नभई विभिन्न जातजातिहरुको बसोवास रहेको गाविस भएकाले यो मेलाले सबै जातजाति तथा समुदायलाई एकतावद्ध बनाई गाविसको विकास निर्माणमा एकजुट हुन मद्दत पुर्याउने विचार व्यक्त गर्नु भएको थियो ।
चैते दशै-पूणिर्मा मेला-२०६८ मा आयोजना गरिने फुटबल प्रतियोगितामा प्रथमलाई नगद २० हजार रुपैयाँ, द्धितीयलाई १० हजार रुपैयाँ नगद र मेडल एवं प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको छ भने भलिबल प्रतियोगिताका प्रथमलाई ५ हजार रुपैयाँ, द्धितीयलाई ३ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको बजार व्यवस्थापन समितिका सचिव रामप्रसाद गुरुङ्गले जानकारी गराउनु भएको छ । यसै गरी मेलाको विशेष आकर्षाको छेलो हान्ने खेल प्रतियोगिता र ठाँडो भाका गीत रहेको बताइएको छ । त्यस्तै उक्त मेलाको साँस्कृतिक कार्यक्रम तर्फराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका कलाकारहरुद्वारा लोक दोहोरी घम्साघम्सी, स्थानीय कलाकार, तनहुँ नाचघरका कलाकारहरु, पप गीत, गुरुङ्ग मगर समुदायको चुड्का नृत्य रहेको बताइएको छ ।