Mero, Timro ani Hamro Tanahun--- hamrotanahun.com.np, Complete information & News about Tanahun, Nepal
 

[Home]  [About us]  [Contact us]  .

  + तनहुँलाई ७१ लाखको अख्तियारी, + बाइसियलले कार्यकर्ता रिहाइको माग गर्दै प्रहरी कार्यालयमा ढुङगा प्रहार ९ प्रहरी घाइते, + पहिरोमा पुरीएर ३ जनाको मृत्यु, + पहिरोमा पुरीएर २ जनाको मृत्यु, + सबै बेपत्ताका परिवारले राहत लगे ,
  + हत्यामा संलग्न भएको आसङ्कामा ९ जना पक्राउ, + यार्सागुम्बा टिप्न गएका सातको हत्या दुइ बेपत्ता , + थप दुई बालबालिकामा स्वाइन फ्लू, + दलहरु अझै सहमतिमा पुगेनन्, संसद स्थगित, + नेटिभीका अध्यक्षलाई कार्यालय प्रवेशमा रोक,

तनहुँ समाचार

+more

 

तनहुँलाई ७१ लाखको अख्तियारी

हाम्रो तनहुँ
दमौली, असार १८ गते । तनहुँ जिल्ला विकास समितिले आर्थिक वर्षको अन्तमा ७१ लाखको अख्तियारी पाएको छ।
बुधबारमात्र यस्तो अख्तियारी आएको स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले बताउनु भयो ।

विस्तृत समाचार 0 पाठक प्रतिक्रिया

--

बाइसियलले कार्यकर्ता रिहाइको माग गर्दै प्रहरी कार्यालयमा ढुङगा प्रहार ९ प्रहरी घाइते

हाम्रो तनहुँ
दमौली, असार १८ गते । आफ्नो कार्यकर्तालाई प्रहरीले हिरासतमा राखेको विरोधमा वाइसियलले विहिवार जिल्ला प्रहरी कार्यालयमा ढुङगा प्रहार गर्दा ९ जना प्रहरी घाइते भएकाछन् ।
मंगलवार भिमाद प्रहरी चौकी अगाडी एमालेका कार्यकर्तालाई आक्रमण संग्लग्न भएको आरोपमा प्रहरीले बुधवार बाइसियलका कार्यकर्ता दशरथ गैह्रेलाई गिरफ्तार गरेको विरोधमा आज उनीहरुले जुलुस निकालेका थिए ।

विस्तृत समाचार 0 पाठक प्रतिक्रिया

--

पहिरोमा पुरीएर ३ जनाको मृत्यु

update
दमौली, असार १८ गते । तनहुँको थपे्रक-५, चुया विसैनामा आज राति एक घर पहिरोले पुहिरोले पुरिदा ३ जनाको मृत्यु भएको छ ।

विस्तृत समाचार 0 पाठक प्रतिक्रिया

--

पहिरोमा पुरीएर २ जनाको मृत्यु

तनहुँको थपे्रक-५, चुया विसैनामा आज राति एक घर पहिरोले पुहिरोले पुरिदा २ जनाको मृत्यु भएको छ ।

विस्तृत समाचार 0 पाठक प्रतिक्रिया

--

सबै बेपत्ताका परिवारले राहत लगे

हाम्रो तनहुँ
दमौली, असार १७ गते । सशस्त्र द्वन्द्वमा मारिएका र बेपत्ता भएकाहरुको परिवारलाई वितरण गरिएको रकम मध्ये बेपत्ता नागरिकका सबै परिवारले राहत लगेका छन् । द्वन्द्व पिडितको पहिचान गर्न गठित कार्यदलले पहिचान गरेका सबै १६ जना बेपत्ता पारिएका नागरिकको परिवारले राहत रकम लगेको जिल्ला प्रशासन कार्यलय तनहँुले जनाएको छ ।

विस्तृत समाचार 0 पाठक प्रतिक्रिया

--

राष्ट्रिय समाचार

+more

 

हत्यामा संलग्न भएको आसङ्कामा ९ जना पक्राउ

नवीनराज कुइँकेल/हाम्रो तनहुँ
बेसीँसहर, असार १९ गते । मनाङको नार गाविसको लप्कर्खर्कमा यार्सागुम्वा टिप्न गएका ७ जना गोरखालीहरुको हत्यामा संलग्न भएको आशङ्कामा मनाङ प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा मनाङ नार गाविस-६ का नाङ्गाधावा लामा, निग्मारिटर लामा, नार -१ का घ्याकसङ धाबा लामा, नार -५ का साङगीधावा लामा, नार ४ का सोनाम खमसुम घले र सोनाम छितेल लामा रहेका छन ।

विस्तृत समाचार 0 पाठक प्रतिक्रिया

--

यार्सागुम्बा टिप्न गएका सातको हत्या दुइ बेपत्ता

नवीनराज कुइँकेल/ हाम्रो तनहुँ
बेसीँसहर, असार १८ गते । मनाङको नार गाउ विकास समितीको लप्सर्ीखर्कमा यार्सागुम्बा  संकलन गर्न ग्एका गोरखा केरौजका ७ जनालाई स्थानियबासीले आक्रमण गरि हत्या  गरेका छन ।
सो आक्रमणमा ज्यान जोगाउन भाग्ने क्रममा सोही स्थानका दुइ जना भिर बाट लडेर बेपत्ता भएका छन । उनीहरुको अबस्था अज्ञात रहेको छ ।

विस्तृत समाचार 0 पाठक प्रतिक्रिया

--

थप दुई बालबालिकामा स्वाइन फ्लू

काठमाडौं असार १८ गते। नेपालमा पहिलो पटक भित्रिएको स्वाइन फ्लू थप दुई बालकमा देखा परेको छ । यसअघि स्वाइन फ्लुबाट संक्रमित तीन जनाको संसर्गमा रहेका १० बर्षीय बालक र १७ महिने बालिकामा स्वाइन फ्लु देखा परेको स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर पुष्टी गरेको छ ।

विस्तृत समाचार 0 पाठक प्रतिक्रिया

--

दलहरु अझै सहमतिमा पुगेनन्, संसद स्थगित

काठमाडौं, असार १८ गते । अवरुद्ध व्यवस्थापिका संसद बैठक सुचारु गर्ने विषयमा तीन ठूला दलले गरेको छलफल बिहीबार पनि कुनै निश्कर्षमा पुग्न सकेन। एकिकृत नेकपा माओवादी र नेकपा एमालेबीचको छलफल कुनैमा टुंगोमा नपुगेपछि माओवादी र नेपाली कांग्रेसबीच शीर्ष नेतृत्व तहमा छलफल भएको थियो।

विस्तृत समाचार 0 पाठक प्रतिक्रिया

--

नेटिभीका अध्यक्षलाई कार्यालय प्रवेशमा रोक

काठमाडौँ, असार १८ गते । नेपाल टेलिभिजनका कर्मचारीहरुले नाराबाजी गर्दै कार्यकारी अध्यक्ष कुन्दन अर्याललाई कार्यालय प्रवेशमा रोक लगाएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सो पदमा नियुक्त गरेको थियो। अध्यक्षलाई कार्यकारी अधिकार दिइएको भन्दै कर्मचारीहरुले विरोध गरेका हुन्।  बिहान सवा १० बजेनै मूल गेटमा तालाबन्दी गरेर कर्मचारीहरु धर्ना दिएका कारण अर्यालको  बिहीबार हुने भनिएको पद बहालीमा पनि अवरोध पुगेको छ।

विस्तृत समाचार 0 पाठक प्रतिक्रिया

--

खेलकुद समाचार

+more

 

ओवेन म्यानचेस्टरतर्फ

लन्डन, असार १९ (एएफपी)- म्यानचेस्टर युनाइटेडले माइकल ओवेनलाई भित्राउने आश्चार्यजनक निर्णय गर्ने भएको छ । न्युक्यासल युनाइटेडसँग ओवेनको अनुवन्धन जुलाई १ बाट सकिएको छ । न्युक्यासल गत सिजनको अन्त्यमा रेलिगेसनमा परे पनि ओवेनले प्रिमियरसिपको टोलीबाटै खेल्ने बताएका छन् ।

विस्तृत समाचार 0 पाठक प्रतिक्रिया

--

महिला बास्केटबलमा ऐतिहासिक जित

सि‌गापुर असार १७ प्रथम युथ एसियन गेम्समा कुवेतविरुद्धको प्रतिस्पर्धा। दक्षिण कोरिया र जापानजस्ता प्रतिद्न्दीसँग गरेको सशक्त प्रदर्शनका बावजुद भोग्नुपरेको पीडाले नेपाली महिला बास्केटबल खेलाडीहरु शुक्रबार एन्लिकन हाइस्कुलको कोर्टमा छुट्टै जोश लिएर उत्रिएका थिए। त्यो थियो जितको।

विस्तृत समाचार 0 पाठक प्रतिक्रिया

--

एसीसी ट्वान्टी- २० क्रिकेटमा नेपालको सानदार जीत

क्वालालम्पुर, असार १९ गते । मलेसियामा जारी एसीसी महिला ट्वान्टी-२० प्रतियोगितामा शुक्रबार नेपालले पहिलो खेलमा इरानविरुद्ध सानदार जीत हासिल गरेको छ।  बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिरहेको इरानलाई ६२ रनले पराजित गर्यो।

विस्तृत समाचार 0 पाठक प्रतिक्रिया

--

नेपाटप खेलाडी कप पुलिसलाई

काठमाडौँ, असार १३ गते । नेपाटप खेलाडी कप मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
    आज दशरथ रङशालामा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले नबिल थ्रिस्टार फुटबल क्लबलाई ५-१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

विस्तृत समाचार 0 पाठक प्रतिक्रिया

--

सुलिभान र परियारलाई रु २० हजार

काठमाडौं, १३ असार । पहिलो एथलिट इन एक्सन (एआइए) खुला टेनिस प्रतियोगिताको एकल महिलातर्फो उपाधि लिन्ड्से सुलिभान  र पुरुषतर्फो उपाधि जितेन्द्र परियारले जित्दै रु २० हजार हात पार्न सफल भएका छन् ।

विस्तृत समाचार 0 पाठक प्रतिक्रिया

--


तस्विर समाचार

+more

 

राजनितिक पुरस्कार


मंगलवार बाइसियलको आक्रमणमा परि तनहुँको भिमादमा प्रहरी चौकी अगाडी घाइते भएका युथ फोर्स क्षेत्र नं ३ भुपु संयोजक नेप पुन । पुनको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भैरहेको छ । बाइसिएलले उहाँको निधारमा खुकुरी प्रहर गरेका थिए डक्टरले उहाको टाउको को सिटी स्कान गर्नु पर्ने बताएकाछन् । तस्वीरः- हाम्रो तनहुँ

थप तस्विरहरु

Support

Category

Local News

National News

Sport News

Events

Destination Tanahun

Music

Fashion & Glamour

Newspaper

 - Bhangyang Daily

 -Lokbani Weekly

Photo gallery

Fashion & Glamour

+more

 

वयस्कका लागि मात्र 'पलपलमा'

काठमाडौं असार ११ - सुटिङकै बेला 'हट सिन' का कारण चर्चामा आएको फिल्म 'पलपलमा'लाई सेन्सर बोर्डले 'एडल्ट' सर्टिफिकेट दिएको छ। सोमबार सेन्सर गरिएको यो फिल्मलाई कथावस्तुका कारण एडल्ट फिल्मको सर्टिफिकेट दिइएको बताइएको छ।

 
Tanahun Mahotsav

+more

 

Benionline.com.np: First Webportal of Dhaulagiri
Benionline.com.np: First Webportal of Dhaulagiri Cyber Net Best Friends Network
Articles

+more

 

घना जंगल भित्र गोठ सम्हाल्दै बालिका

नवीनराज कुइँकेल

टोवाखोला पसगाउँ बैशाख १३ गते । भर्खर पन्ध्र वर्ष टेकेकी बालिकाको जीवनशैली कस्तो होला शहरमा भए कलेज पढ्दै आधुनिक जीवनशैलीमा अब्यस्थ । गाउँमा भए साधारण विद्यालय पढ्दै हुनुपर्छ । सवैको अनुमान यस्तै हुन्छ । साधारणतय साँझपख घरबाहिर निस्कन पनि डर मान्ने महिलाहरुमा पन्ध्र वर्षकी बालिका घना जंगलमा एक्लै बस्छिन भन्दा जोकोहीलाई पनि पत्याउन हम्मे नै पर्ला । 

 
Parichaya (An Identity)

+more

 

Tanahun Chamber of Commerce And Industry

Bhanubhakta Multiple Campus

Event

"आर्थिक, सामाजिक, खेलकुदको प्रबर्द्धन चैते दशैं खैरेनीटार महोत्सव कला सीप र सांस्कृतिक संरक्षण"

"खैरेनीटार चैतेदशै महोत्सव २०६५
सरस्वती निम्न माध्यमिक विद्यालय, खैरेनीटार
महोत्सवका फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्
 

+more

Destination Tanahun

+more

Nepali Music Videos

Advertisement

Banner Exchange

Advertisement
Advertisement

Music Player Hamro

Copyright Notice Here

Custom Search

Copyright © 2008 Hamro Tanahun. All Rights Reserved. 

Design and programmed by  Hari Karki Hosted by BENIONLINE